logo
  • आइतबार, असोज १८ २०८३

मुख्यमन्त्री आचार्य: पुराना परम्परा जोगाउन प्रतिबद्ध


  • पब्लिक सूचना
  • आइतबार, भाद्र १ २०८२

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा भव्य रूपमा आयोजना हुन गइरहेको श्री ७ रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन यो जात्रा मनाउने गरिएको छ ।

विजयपछि कर्णेल उजिरसिंह थापाले महिषासुर मर्दिनी भगवतीको मन्दिर स्थापना गरी रथ जात्राको परम्परा सुरु गर्नुभएको ऐतिहासिक तथ्यको मुख्यमन्त्री आचार्यले स्मरण गर्नुभएको छ । ‘‘यो जात्राले केवल विजयको गौरव मात्र नभई धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश बोकेको छ ।,’’ शुभकामना सन्देशमा भनिएको छ, ‘‘यसले आपसी सहकार्य र भाइचारालाई मजबुत बनाउनुका साथै पुराना परम्परा र धार्मिक मान्यताहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेलिरहेको छ ।’’

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै तिनलाई पर्यटनसँग जोड्ने दीर्घकालीन योजनाहरू अघि बढाएको उल्लेख गर्नुभयो । हिमाल, पहाड र तराईलाई समेट्ने गरी लुम्बिनी प्रदेशमा पर्यटन सर्किट विकासको तयारी भइरहेको र पाल्पाको भगवती जात्रा जस्तो अमूल्य धरोहर यस अभियानको महत्त्वपूर्ण हिस्सा बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज आइतबार पाल्पा जिल्लाभर सार्वजनिक बिदा समेत दिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend