पब्लिक सूचना
आगामी अगस्ट १६ र १७, २०२५ मा हुने गैर-आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी), अमेरिकाको निर्वाचनको सरगर्मी बढिरहेको छ। यसैबीच, युवा संयोजक पदका उम्मेदवार सन्सार चौलागाईंले आफ्नो चुनावी एजेन्डासहितको घोषणापत्र सार्वजनिक गरेका छन्।
‘स्वतन्त्र विचार, सक्षम नेतृत्व, सबल संस्था, जिम्मेवार व्यक्तित्व’ को नारासहित मैदानमा उत्रिएका चौलागाईंले अमेरिकामा रहेका नेपाली युवाहरूलाई लक्षित गरी विभिन्न ८ वटा बुँदामा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। उनको घोषणापत्रमा विशेषगरी युवा विकास, शिक्षा, संस्कृति, स्वास्थ्य र सामाजिक सेवामा जोड दिइएको छ।

चौलागाईंले सार्वजनिक गरेका प्रमुख एजेन्डाहरू:
१. युवा विकास कार्यक्रम: नेतृत्व विकास, तालिम र कार्यशालासहितका विशेष कार्यक्रमहरूको आयोजना गर्ने।
२. शिक्षा र व्यावसायिक अवसरहरू: प्रवासमा रहेका युवाहरूका लागि शैक्षिक र व्यावसायिक अवसरहरू सिर्जना गर्ने, अनलाइन तालिमको व्यवस्था गर्ने।
३. संस्कृति र पहिचानको संरक्षण: नेपाली संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने र नेपाली भाषा सिकाउने कक्षाहरू सञ्चालन गर्ने।
४. युवाहरूको आवाज: युवाहरूको आवाजलाई सशक्त बनाउन र उनीहरूको समस्या समाधानमा सहयोग गर्ने, विचार विमर्श र संगोष्ठीहरूको आयोजना गर्ने।
५. स्वास्थ्य र कल्याण कार्यक्रम: मनोविज्ञान र शारीरिक स्वास्थ्यका लागि कार्यक्रमहरू सञ्चालन गर्ने जसले युवाहरूलाई तनाव र मानसिक स्वास्थ्यका समस्याहरू समाधान गर्नमा मद्दत गर्ने।
६. सामाजिक सेवामा संलग्नता: युवाहरूलाई सामाजिक सेवामा संलग्न गराउने, च्यारिटी र सेवा परियोजनाहरूमा सहभागिता सुनिश्चित गर्ने।
७. नेटवर्किङ र समन्वय: विभिन्न युवा समूह र संघहरूको बीचमा नेटवर्किङको अवसर सिर्जना गर्ने, जसले आपसी सहयोग र अनुभवको आदानप्रदानमा मद्दत गर्ने।
८. सहभागिता र नेतृत्वको अवसर: युवाहरूलाई नेतृत्वको अवसर दिने, जसले उनीहरूको क्षमतामा वृद्धि गर्ने र उनीहरूलाई जिम्मेवारीको अनुभव दिन्छ।
चौलागाईंले आफ्नो एजेन्डालाई सफल बनाउन सबै मतदाताहरूको साथ र समर्थनको अपेक्षा राख्दै मतदानका लागि अनुरोध गरेका छन्। उनले यदि निर्वाचित भएमा यी एजेन्डाहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा अन्य उम्मेदवारहरूले पनि आफ्ना एजेन्डाहरू सार्वजनिक गर्ने क्रम जारी रहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend