logo
  • शनिबार, असोज १७ २०८३

पहिले खेर जाने कटहर अब आम्दानीको बलियो माध्यम


  • पब्लिक सूचना
  • मंगलबार, साउन २७ २०८२

 स्याङ्जाको सिद्धार्थ राजमार्ग बर्सातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने ठाउँमा कहिले सुन्तलाको पहेँलोपनले त कहिले मौसमी फलको सुगन्धले सजिन्छ । सुन्तलाको मौसम सकिएसँगै अहिले गाउँमा उत्पादन भएको कटहर राजमार्गमा जताततै बिक्रीका लागि राखेको देखिन्छ ।

पुतलीबजार नपा–४, नाउडाँडा क्षेत्रमा यात्रा गर्ने जोकोहीको नजर सडकछेउमा थुपारिएका ठुलठुला काँडेदार फलमा पर्ने गर्छ । अघिल्ला वर्ष गाउँको बारी तथा पाखामा पाकेर खस्ने र खेर जाने कटहर अहिले स्थानीयको आम्दानीको स्रोत बनेको छ ।

सडकछेउमा अस्थायी टहरा बनाएर व्यस्त राजमार्गमा गुड्ने बस, माइक्रो र निजी सवारीका यात्रुलक्षित कटहर बेच्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । स्थानीय व्यवसायीका अनुसार कटहर बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । १० वर्षदेखि नाउडाँडामा सुन्तला तथा कटहरको व्यापार गर्दै आउनुभएका व्यवसायी भीमबहादुर पौडेल भन्नुहुन्छ, “यहाँका कटहर पहिले सडेर जान्थे, अहिले त्यही कटहर बेचेर घरपरिवारको खर्च चल्ने मात्र होइन, केही बचत पनि हुने गरेको छ ।” उहाँले भन्नुभयो, “यस वर्ष १२ गाडी कटहर टिपेँ, सात गाडी पोखरा पठाएँ, बाँकी पाँच गाडी यहीँ बसेर बेचेँ ।”

प्रतिकटहर ५० देखि दुई सय रुपियाँसम्म बिक्री हुने र दैनिक १५ हजार रुपियाँसम्म व्यापार गर्ने गरेको अर्का व्यवसायी नरबहादुर जिसीले बताउनुभयो । वालिङबाट पोखरा जाँदै गरेका मणिप्रसाद अर्यालले आफ्नो निजी सवारीसाधन रोकेर कटहर खरिद गर्दै भन्नुभयो, “यो फलमा विषादी छैन । त्यसैले खरिद गरेर लिन थालेको हुँ ।” यहाँ आउने भारतीय पर्यटकले पनि कटहर लिने गरेका छन् । पाकेको कटहर फलका रूपमा खान भारतीय यात्रुले खुब मन पराएको उहाँले बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend