पब्लिक सूचना
नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ।
सोही क्रममा लोकगायिका सुनितामी परियारको विशेष प्रस्तुती, संगीता परियारको सुमधुर स्वर र कलाकार नितु कोइरालाको अभिनय रहेको नयाँ तीज गीत “सिउँदोमा सिन्दुर” सार्वजनिक गरिएको छ। यस गीत सुनितामी परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
मुम्बईमा छायाङ्कन गरिएको यस गीतको निर्देशन कर्ण चापागाईंले गरेका छन। गीतमा लक्ष्मण रायमाझी र विमल कौशलको शब्द, जीवन परियार र लक्ष्मण रायमाझीको संगीत तथा सुनितामी परियार र संगीता परियारको स्वर रहेको छ। गीतमा महेश पाण्डेको एरेञ्ज, विमल छिनालको मिक्सिङ, लक्ष्मण सेञ्चुरी स्टुडियोमा रेकर्डिङ गरिएको हो।
सिनेमाटोग्राफी बेद प्रसाद पाण्डेले गरेका छन भने गीतको सम्पादन तथा पोस्टर डिजाइन असिम चन्द्र विश्वकर्माले गरेका हुन्। रंग संयोजनमा राजकुमार मगर, मेकअप आर्टिस्ट रुबी शर्मा, र कोरियोग्राफी हरीश विश्वकर्माको रहेको छ।
पोस्ट–प्रोडक्सन कार्य रेड मून पोस्ट प्रोडक्सनले सम्हालेको हो। गीतको छायांकन भारतको फिल्म नगरी मुम्बईमा गरिएको हो। यस म्युजिक भिडियोमा अभिनय गर्न पाएकोमा अत्यन्त खुसी लागेको कलाकार नितु कोइरालाले प्रतिक्रिया दिँदै भनिन्, “यस अवसरका लागि निर्माण पक्ष र सम्पूर्ण सहयोगी मित्रहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्दछु।”
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend