logo
  • शनिबार, असोज १७ २०८३

प्रभु इन्स्योरेन्सद्वारा १८ प्रतिशत बोनस सेयर वितरण, डिजिटल प्रविधिमा फोकस


  • पब्लिक सूचना
  • आइतबार, साउन २५ २०८२

काठमाडौँ, साउन २५ गते । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आवमा आर्जन गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्न सफल भएको जानकारी दिनुभयो । मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उहाँको भनाइ छ ।

ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेसन प्रविधि लागु गरिसकेको अध्यक्ष मल्लको भनाइ छ

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend