logo
  • शनिबार, असोज १७ २०८३

जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाका ४० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो


  • पब्लिक सूचना
  • शनिबार, साउन २४ २०८२

जिनियस आइ बि वल्र्ड स्कुलले नगरपालिकाको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको छ र नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै शिक्षामा सबैको सुनिश्चितता र समान पहुचका लागि सो छात्रवृत्ति प्रदान गरिएकोे विद्यालयका संस्थापक अध्यक्ष श्री नविन कुमार जोशीले बताउनुभयो र सामुदायिक विद्यालय तर्फका ४० जना जेहेन्दार विद्यार्थीहरु मध्ये ३० जना आधारभूत तह कक्षा ३ र १० जना कक्षा ११ का विद्यार्थीरूलाई स्टेशनरी, विद्यालय झोला, कापी, विद्यालय पोशाक शुल्क वितरण गरेको थियो ।

महालक्ष्मी नगरपालिकालाई शैक्षिक हब बनाउने अभियानमा गत वर्ष को तुलनामा यस वर्ष जिनियसले छात्रबृत्ति संख्या बढाँउदा थप उर्जा मिलेको महालक्ष्मी नगरपालिकाका मेयर श्री हरि गोविन्द श्रेष्ठले विद्यालयमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो। कार्यक्रममा उपमेयर श्री लक्ष्मी महर्जनले नगरपालिकालाई शैक्षिक हब को रुपमा बिकास गर्न स्कुलको योगदानका लागि धन्यबाद ज्ञापन गर्नुभयो र यो छात्रबृत्तिले बिधार्थीको उज्वल भबिष्यमा मद्धत पुराउने बताउनु भयो।

जिनियस स्कूल एम्बेसडर सिनियर क्याप्टेन विजय लामाले बिद्मालयको यो कदमको प्रसंसा गर्दे यसरी नै सामुदायिक स्कुलहरुलाई मद्धत गरिदै गइयो भने नगरपालिकाको साक्षरतामा सुधार आउने कुरा ब्यक्त गर्नुभयो। नगरपालिकाले आगामी वर्षदेखि थप विद्यालयहरूसँग सहकार्य गर्दै छात्रवृत्ति कार्यक्रमलाई विस्तार गर्ने योजना रहेको महालक्ष्मी शिक्षा शाखा प्रमुख चिरञ्जिवी पौडेलले जानकारी दिनुभयो। सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्री शिरिष श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै सबैको सहयोग र सहकार्यवाट नै यो कार्यक्रम सफल भएको बताउनुभयो।

कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठ , मिड टाउन रोटरी क्लब का अध्यक्ष ,बिष्णु गोपाल श्रेष्ठ, लुभु प्रहरी प्रभाग प्रमुख श्री सन्तोष के. सी ज्यू जिनियस स्कुलका अभिभावक प्रतिनिधि ज्यू हरु पनि उपस्थिती रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend