logo
  • शनिबार, असोज १७ २०८३

निर्माता राजकुमार राई र जनकदीप पराजुलीको निर्देशनमा ‘पापी मान्छे–३’ बन्ने


  • पब्लिक सूचना
  • बिहिबार, असार २८ २०८०

काठमाडौँ, असार २८ गते । चलचित्र निर्माता राजकुमार राईले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । उहाँले ‘पापी मान्छे–३’ निर्माणको घोषणा गर्नुभएको हो । आरसी पिक्चर्सको प्रस्तुतिमा राजकुमार राईले निर्माण गर्ने चलचित्र जनकदीप पराजुलीले निर्देशन गर्दै हुनुहुन्छ ।

दोस्रो शृङ्खला निर्माण भएको १५ वर्षपछि चिम्पान्जीलाई शीर्ष भूमिकामा लिएर काल्पनिक कथामा चलचित्र बन्न लागेको हो । चलचित्रमा क्यानडाको एक म्याच–पेन्टिङ कम्पनीले काम गर्ने भएको छ । भिएफएक्सका लागि फ्रान्स, क्यानडा र मुम्बईको कुनै एक कम्पनीसँग सहकार्य गर्न तयारी छ । निर्देशक जनकदीप पराजुलीले बुधबार परेको जन्मदिनको अवसरमा टिजर पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको हो । सन् २०२४ मा चलचित्र प्रदर्शनको लक्ष्य राखिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend