logo
  • शनिबार, असोज १७ २०८३

इपिएसमार्फत कोरियामा रोजगारी: ५,३०० कोटा खुला


  • पब्लिक सूचना
  • बुधबार, साउन २१ २०८२

। दक्षिण कोरियामा सन् २०२५ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत पाँच हजार तीन सय नेपाली श्रमिकलाई लैजान आवेदन माग गरेको छ । दक्षिण कोरिया सरकारको श्रम संसाधन विभागले सन् २०२५ मा उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा काम गर्न यो सङ्ख्यामा कोटा मागेको हो ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाका अनुसार दक्षिण कोरियामा साना तथा मझौला उद्योगमा विदेशी श्रमिक अभाव हुन थालेपछि पाँच हजार तीन सयमध्ये उत्पादनमूलक क्षेत्रका लागि तीन हजार पाँच सय र कृषि तथा पशुपालन क्षेत्रका लागि एक हजार आठ सय जनाको लिइने छ ।

इपिएस शाखाका अनुसार आवेदन यही साउन २६ देखि ३१ सम्म दिन सकिने छ । हाललाई पाँच हजार तीन सय माग गर्ने गरी कोटा तोकिए पनि कोरियाका रोजगारदाताको माग अनुसार उत्तीर्ण सङ्ख्या थपघट हुन सक्ने पनि सो शाखाले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend