logo
  • शनिबार, असोज १७ २०८३

‘नारा होइन, कार्यनीति हो रोजगारीको एजेन्डा’: जनमत उपाध्यक्ष


  • पब्लिक सूचना
  • आइतबार, साउन १८ २०८२

जनमत पार्टी सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले प्रशिक्षण दिनुहुँदै सङ्गठन सुदृढीकरण र जिम्मेवारीप्रति प्रतिबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सप्तरी जिल्लाका १८ वटै पालिकाबाट सहभागी भएका सदस्यहरूलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. राउतले जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्न सङ्गठनात्मक बल आवश्यक रहेको उल्लेख गर्नुभयो । “सङ्कल्प पूरा गर्न सङ्गठन बलियो हुनुपर्छ, दृढ निश्चयका साथ अघि बढ्नुपर्छ,’’ उहाँले भन्नुभयो ।

दस लाख रोजगारी सुनिश्चित गर्ने जनमत पार्टीको एजेन्डा केवल नारामा सीमित नभएको स्पष्ट पार्दै डा. राउतले एक सिट जितेर मात्र त्यो लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो ।

उहाँले त्यसका लागि आगामी दिनमा सबै तहका नेता तथा कार्यकर्ता गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) को उदाहरण प्रस्तुत गर्दै उहाँले जनमतका स्वराजीहरूलाई आफ्नै पार्टीको विधान र संस्कारमा अडिग रहन निर्देशन समेत दिनुभयो ।

सामाजिक, भौतिक र आर्थिक रूपमा सबल हुन सकेमा मात्रै जनमत पार्टीले मुलुक परिवर्तन गर्ने यात्रामा सार्थक भूमिका निर्वाह गर्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend