पब्लिक सूचना
योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षमा मिराक लिम्बू चयन हुनुभएको छ । वाइसिएल गाउँपालिका कमिटीको बिहीबार सम्पन्न तेस्रो पालिका सम्मेलनले लिम्बू अध्यक्ष रहेको ३५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
पालिका कमिटी उपाध्यक्षहरुमा सन्तोष लिङ्खिम, आइतराज लिम्बू र सुवास आङ्बुहाङ चयन हुनुभएको छ । यस्तै सचिवमा सुरेश फेम्बु लिम्बू, सहसचिवहरुमा सरोज ताप्मादेन, मनोज लिम्बू, चितहाङ लिम्बू (निशान) र कोषाध्यक्षमा विराज लिम्बू चयन हुनुभएको वाइसिएलका जिल्ला अध्यक्ष सन्जिप माबो लिम्बूले जानकारी दिनुभयो ।
वाइसिएलको पालिका सम्मेलन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस्तै सम्मेलनमा माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्ष एवं गाउँपालिका राजन लिम्बू (मुक्ति), वाइसिएलका केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज कैलास माबो, केन्द्रीय सदस्य सुधीर सावादेन, प्रदेश कमिटी सदस्य नरेन्द्र लिङ्खिम लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend