logo
  • शनिबार, असोज १७ २०८३

जसपा सप्तरीको नेतृत्व चयन चुनावबाटै, अध्यक्षका लागि त्रिपक्षीय भिडन्त


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १६ २०८२

जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धाका लागि तीन जनाले उम्मेदवारी दिने भएका छन् ।

वर्तमान कार्यसमितिको जिल्ला अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेशकुमार यादव र सचिव हरेराम यादवले उम्मेदवारी दिनुभएको हो ।

जसपा नेपाल सप्तरीको एकता प्रथम अधिवेशनको बिहीबार भएको बन्दसत्रमा सहमति जुटन नसकेपछि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको हो ।

बन्द सत्रमा जिल्ला कार्यसमितिले चयन गरेको प्रयास सफल हुन नसकेपछि चुनावी प्रक्रियाबाट कार्य

समिति चयन गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन तालिका अनुसार साउन १५ गते अन्तिम मतदाता नामावली प्रकाशित गरिएको छ । साउन १६ गते उम्मेदवारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन, दाबीविरोध तथा अन्तिम नामावली प्रकाशन गरिनेछ ।

साउन १७ गते शनिबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ भने सोही दिन मतगणना सम्पन्न गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend