पब्लिक सूचना
संविधान सभा सदस्यसमेत रहेका राजकुमार श्रेष्ठ पुनः नेकपा (माओवादी केन्द्र) मा सक्रिय भएका छन्।
नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका उनलाई आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी दिने गरी सक्रिय तुल्याएको उनको सचिवालयले जानकारी दिएको छ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रत्यक्षतर्फ चुनाव जिते पनि श्रेष्ठ माओवादीमा निष्क्रिय थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend