logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्रीको संसदमा विशेष सम्बोधन अर्को दिनलाई सर्‍यो


  • पब्लिक सूचना
  • बुधबार, साउन ७ २०८२

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा गर्ने भनेको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ ।

‘आज ७ गते दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीबाट हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको र कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर यथावत् रहेको जानकारी गराउन चाहन्छु’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

यद्यपि अर्को कुन दिन भन्ने बर्तौलाले खुलाएका छैनन् । प्रधानमन्त्रीको तयारी नपुगेर सम्बोधन स्थगित भएको बताइएको छ ।  प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend