logo
  • शनिबार, असोज १७ २०८३

राजस्व सङ्कलनमा कावासोती दोस्रो स्थानमा


  • पब्लिक सूचना
  • आइतबार, साउन ४ २०८२

नवलपुर, साउन ४ गते । कावासोतीको आन्तरिक राजस्व कार्यालय आर्थिक वर्ष २०८१–८२ मा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेमा दोस्रो नम्बरमा परेको छ । कार्यालयका सूचना अधिकारी सरोजकुमार ढकालका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व सङ्कलन गर्नेको वरियतामा कावासोती दोस्रो नम्बरमा परेको हो ।

आन्तरिक राजस्व कार्यालय कावासोतीले आर्थिक वर्ष २०८१–८२ मा २९ अर्ब ९५ करोड ३९ लाख २५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १७ दशमलव ७१ प्रतिशतले बढी हो ।

कार्यालयले आव २०८०–८१ मा २५ अर्ब ४४ करोड ५७ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । आव २०८१–८२ मा अघिल्लो आवको भन्दा ४ अर्ब ५० करोड ८१ लाख ६५ हजार रुपियाँ बढी राजस्व सङ्कलन भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

आन्तरिक राजस्व कार्यालयले आव २०८१–८२ मा ३२ अर्ब ७७ करोड ९५ लाख ८७ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो । लक्ष्यको ९१ दशमलव ३८ प्रतिशत राजस्व सङ्कलन भएको छ । कार्यालयले आयकरबाट ६८ करोड ५० लाख, मूल्य अभिवृद्धि कर बापत ५० करोड १२ लाख, सबैभन्दा धेरै अन्तःशुल्क बापत २८ अर्ब ६५ करोड ९२ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend