logo
  • शनिबार, असोज १७ २०८३

मन्त्रिपरिषद् निर्णय : हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन


  • पब्लिक सूचना
  • बुधबार, असार २७ २०८०

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' , मन्त्रीगणहरु । तस्बिर ः प्रदीप राज वन्त/रासस

सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।

प्रवक्ता शर्माले भन्नुभयो, ‘आज असाध्य दुःखद घटना तपाईं हामी सबैलाई थाहा छ– मेक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । यसप्रति मन्त्रिपरिषद बैठकले सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानविन समिति गठन गरिएको छ ।’’

त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णयसमेत गरेको छ । सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा गरेको छ । वरियताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend