logo
  • शनिबार, असोज १७ २०८३

सर्लाहीमा हावाहुरीको कारण स्थानीय जनता मारमा , लाखौंको क्षेत्री


  • दिपेश घिमिरे
  • बुधबार, जेष्ठ ३१ २०८०

सर्लाही जिल्लामा गए राति  (मंगलबार) आएको हावाहुरीले धेरै नै क्षति पुर्याएको छ । हावाहुरीले प्राय धेरैजसो  टाली तथा खपडाले छाएको घरमा क्षति पुर्याएपछि विपन्न परिवारहरु बिचल्लीमा परेका छन् ।

हावाहुरीले उक्त जिल्लाको रामनगर गाउँपालिका–४, धोबी टोलमा राकेश बैठाको कच्ची घर नै भत्काएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका १७ रानिगन्जमा विभिन्न घरका टाली, खपडा र जस्ता पाता उडाएको स्थानीयवासी रामबहादुर बोम्जनले जानकारी दिए ।

जिल्लाको अन्य ग्रामीण भेगमा पनि हावाहुरीले रुख ढाल्नेलगायतका क्षति गरेको हाम्रा संवाददाताहरुले जनाएका छन् । जिल्लाकै कर्णाली भनेर चिनिने नारायण खोलामा पनि हावाहुरीले कच्ची घरहरुमा क्षति पुर्याएको स्थानीयवासी दिपसागर दोङले बताए ।

हावाहुरीपछि रातिदेखि नै जिल्लाभरकै विद्युत् अवरुद्ध भएको छ । ठाउँठाउँमै बिजुलीको पोल ढल्ने र तार चुँडिएकाले मर्मतका लागि अहिले सबैतिर बत्ती काटिएको छ । बजार क्षेत्रमा मर्मत सकेर जतिसक्दो छिटो बत्ती छाड्ने तयारी भएपनि पोल ढलेका र रुख लढेर क्षति गरेको क्षेत्रमा बत्ती सूचारु हुन समय लाग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अहिले हल्का रुपमा भइरहेको वर्षाले किसान र आम सर्वसाधारणलाई केही राहत मिलेको छ । मौसममा आएको बदलीसँगै यस क्षेत्रमा गर्मी केही मात्रा कम भएको छ ।

यस क्षेत्रमा मौसम धुम्मिने र साँझ तथा रातको समयमा पानी पर्नेक्रम चलिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend