logo
  • शनिबार, असोज १७ २०८३

मण्डलामा मञ्चन नाटक हुँदै

  • पब्लिक सूचना
  • बिहिबार, असार २६ २०८२

नाटक ‘चन्द्रलाई कस्ले मार्‍याे?’ यही असार २५ देखि मञ्चन हुने भएको छ।

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार २५ देखि मञ्चन हुने जानकारी दिएको हाे।

नाटक थापागाउँस्थित मण्डला थिएटरमा आगामी साउन १८ सम्म मञ्चन हुनेछ।

हरपल संघर्ष गरिरहेका मानिसहरूकै कथा नाटकमा प्रस्तुत गरिने टिमले बताएको छ।

टिमकाअनुसार नाटकमार्फत मानिसले आफूलाई खोज्ने यात्रामा सम्भावनाहरू ओझेलमा परिरहँदा के‍-कस्तो पीडा भोग्नुपर्छ भनेर नाटकमा देखाउन खोजिएको छ।

नाटकको परिकल्पनाकार, लेखक र निर्देशक निर्देशक सन्दिप श्रेष्ठ हुन्। निर्देशक श्रेष्ठसहित नाटकमा कलाकार भावना उप्रेती, सीता देवि तिमल्सेना, मिलन कार्की, मौसम खड्का, तेन्जु योञ्जन, पृतिशा अधिकारी र किरण चापागाईंको अभिनय रहनेछ।

नाटकमा प्रयोग गरिने गीत निर्देशक श्रेष्ठ,बिजन बस्नेत र किरण चापागाईंले लेखेका हुन्।

गीतमा मनिष विश्वकर्मा र बिजन बस्नेतले संगीत भर्नेछन्।

नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः३० बजे र शनिबार दिउँसो १ः३० बजेको अतिरिक्त सो पनि हुनेछ।

नाटकका सह-निर्देशक रोहित थापा हुन् भने स्टेज म्यानेजरको रूपमा विशाल केसी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend