logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक रुपमा लिएका छौँ : प्रमुख सचेतक गिरी


  • पब्लिक सूचना
  • मंगलबार, असार २६ २०८०

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको संसद बैठकमा गल्ती स्वीकारेर गर्नुभएको सम्बोधनलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले सारमा आफूले त्रुटी गरेको बताइसकेपछि भनिष्यमा त्यस्तो कमजोरी नदोहोरिने प्रतिवद्धता व्यक्त गर्नुभएकाले आफूहरुले त्यसलाई सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो ।

एमालेले प्रधानमन्त्रीको संसदको अभिव्यक्तिलाई स्वीकार गरेर अघि बढ्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले गहिराइमा गएर जवाफ दिन भने नसकेको उहाँको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend