logo
  • आइतबार, असोज १८ २०८३

सांसद अमरेश सिंहको अभिव्यक्तिमा संसद्मा विवाद, एमालेले राष्ट्रघाती भन्दै कारबाहीको माग


  • पब्लिक सूचना
  • आइतबार, असार ८ २०८२

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह बोल्दाबोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति जनाउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद सिंहले सरकारले पाँच वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाउनुभएको हो । साथै उहाँले पाँच जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताउनुभएको थियो ।

सांसद अमरेशको भनाइ रोक्दै एमालेका प्रमुख सचेतक बर्तौलाले बिचमा रोक्दै नियमापत्ति जनाउनुभयो । बर्तौलाले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कारबाही गर्न माग गर्नुभयो । उहाँले उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन मात्रै नभएर अन्य कारबाही गर्नुपर्ने बताउनुभयो ।

त्यसपछि, सभामुख देवराज घिमिरेले सांसद सिंहले अरु मुलुकको नाम लिएर नेपालको भूमिलाई दिए हुन्छ भनेर बोलेको विषयलाई संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सो पश्चात् संसदमा सभामुख घिमिरे, सांसद सिंह र एमाले सचेतक बर्तौलाबिच सवालजवाफ चलेको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend