पब्लिक सूचना
नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक बन्द हुँदा ६ दिनदेखि मालवाहक सवारी साधन सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण माल बाहक सवारी साधन ६ दिनदेखि सडकमै रोकिएका हुन् ।
काठमाडौँबाट मालवाहक सामान लिएर नेपालगञ्ज जाँदै गरेको ट्रकका चालक राजेश विकले ६ दिनदेखि सडकमै गाडी रोकेर बस्नु परेको बाध्यता सुनाउनुभयो । ‘‘तीन दिनसम्म जङ्गलको बिचमा गाडीमै सुत्दा चर्को गर्मीको रापले सुत्नै सकिएन, अनि खानलाई पनि समस्या भयो,’’ आरुङखोला बजारमा भेटिएका विकले भन्नुभयो, ‘‘अहिले भने बजार क्षेत्रमा आएकाले खानलाई समस्या छैन, गन्तव्यमा त कहिले पुगिन्छ भन्न सकिन्न ।’’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend