logo
  • आइतबार, असोज १८ २०८३

बालेन अनि मेरो “देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो” : गृहमन्त्री श्रेष्ठ


  • पब्लिक सूचना
  • सोमबार, असार २५ २०८०

उपप्रधानमन्त्री एव‌ं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र आफ्नो काम गर्ने सोच समान रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री श्रेष्ठले उक्त अभिव्यक्ति दिएका हुन्।

मन्त्री श्रेष्ठले शनिबार बालेन र आफूले सँगै खाना खाएको र खाना खाँदै देश र जनताका मुद्दामा छलफल गर्दा परिणाममुखी काम गर्ने सोच दुवै जनाको समान रहेको उल्लेख गरेका छन्। उनले मेयर र आफूबीच छलफललाई निरन्तरता दिने समझदारी बनेको समेत बताएका छन्।

मन्त्री श्रेष्ठले लेखेका छन्, ‘हिजो काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग सँगै खाना खाँदै देश र जनताका मुद्दाहरुमा महत्वपूर्ण छलफल भयो। उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो। छलफललाई निरन्तरता दिने समझदारी बनेको छ। देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend