logo
  • शनिबार, असोज १७ २०८३

मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि


  • पब्लिक सूचना
  • सोमबार, असार २५ २०८०

काठमाडौं, असार २५ गते ।  मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मनास्लु ब्याइज तथा आईएस गल्र्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्याइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले हरायो ।

गल्र्सको उपाधि भिडन्तमा आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ ले हरायो । ब्याइज/गल्र्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोस्रो हुनेले १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

ब्याइजमा मनास्लुका कोसिस भुजेल तथा गल्र्समा आईएसएकी सन्ध्या डङ्गोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । दुवैले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवम् गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

तीनदिने प्रतियोगिताको ब्याइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा चार टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend