logo
  • शनिबार, असोज १७ २०८३

नेपाली प्रहरीले डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो सत्य नभएको पुष्टि


  • पब्लिक सूचना
  • सोमबार, असार २५ २०८०

काठमाडौं, असार २५ गते । नेपाली प्रहरीले डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो सत्य नभएको पुष्टि भएको जनाएकाे छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डा।देउवालाई विवादमा तान्ने गरी एउटा अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीले गरेको अनुसन्धानबाट सो तथ्य बाहिर आएको हो ।

उहाँसँग जोडिएको आवाज सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि छानबिनका लागि नेत्री देउवाले नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा वैशाख २७ गते उजुरी दर्ता गराउनुभएको थियो।

त्यो उजुरीबारेमा के कस्तो अनुसन्धान भइरहेको छ भन्ने सम्बन्धमा डा. देउवाले नेपाल प्रहरी प्रधान कार्यालयमा प्रगति माग गर्नुभएपछि प्रहरीले दिएको पत्रमा सो कुरा उल्लेख छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले हस्ताक्षर गर्नुभएको पत्रमा भनिएको छ, ‘‘सन्देश शर्माको ‘कन्ट्रोल स्याम्पल’ मेल खाएको आवाज कहाँ र कसबाट ‘ओरिजिनेट’ भएको भन्ने सम्बन्धमा टिकटक सिंगापुरलाई पत्राचार गरिएकोमा थप विवरण प्राप्त हुन नसकेको ।’’

अभियुक्त शर्मा जिल्ला प्रहरी कार्यालय टेकुमा ठगी तथा सङ्गठित अपराध कसुर मुद्दाको अनुसन्धानमा रहेका छन् । सो आवाज दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भएका ३४ वर्षीय सन्देश शर्माको ‘कन्ट्रोल सेम्पल’सँग मेल खाएको पत्रमा उल्लेख छ।

शर्माले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । सन्देश शर्माले बयानमा आफूलाई अनुकूल हुने गरी मात्रै नाम लिएको तर डा। देउवालाई आफूले चिन्दा पनि नचिनेको र यो काण्डमा कहीँ कतै सम्बन्ध नरहेको बयान दिएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend