logo
  • शनिबार, असोज १७ २०८३

बजारमा आउन थाल्यो आरूबखडा, कति पर्छ किलोको?


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ १२ २०८२

बजारमा आरूबखडा आउन थालेको छ।

साता/दश दिनदेखि नै बजारमा आरूबखडा पठाउन थालेको छैमलेका आरूबखडा उत्पादक किसानहरुले जानकारी दिए।

‘साता/दश दिन भयो बजार पठाउन थालेको,’ उहाहरुले भन्नु भयो, ‘अब त्यस्तै दश दिन जति पठाउन सकिएला।’

उनका अनुसार अन्य फलफूलको तुलनामा आरूबखडाको सिजन लामो हुँदैन। यो सिजन सुरू भएको एक महिना जति मात्रै बजारमा आउँछ र सकिहाल्छ।  यसलाई मौज्दात गर्न नसकिने हुँदा किसानले छिट्टै बजार पठाइहाल्छन्।

‘यसलाई मौज्दात राख्न सकिँदैन। पानी पर्‍यो भने बिग्रिन्छ। स्वाद पनि खल्लो हुँदै जाने भएकाले किसानले छिट्टै बजार पठाइहाल्छन्,’ उनले भने। उनका अनुसार हाल बजारमा किसानले आरूबखडाको मूल्य प्रतिकिलो एक सय रूपैयाँसम्म पाइरहेका छन्।

‘हामीले प्रतिकिलो एक सय पाएका छौं,’ उनले भने, ‘बजारमा एक सय ५० सम्म बिक्री भएको सुनेका छौं।’  यो छिट्टै बिग्रिने भएकाले बिक्रेताले बढी मूल्य राख्न नसक्ने उनको भनाइ छ। अहिले खुद्रा बजारमा आएका सबै आरूबखडा स्वदेशी उत्पादन भएको समशीतोष्ण बागवानी केन्द्र, कीर्तिपुरकी बागवानी विकास अधिकृत शोभा शर्माले जानकारी दिइन्।

‘केही ठूला मार्टहरूमा प्याकिङ गरेर आयातित राखिएको छ,’ उनले भनिन्, ‘खुद्रा बजारमा देखिएका सबै स्वदेशी उत्पादन हुन्।’

आरूबखडालाई बोलचालको भाषामा आलुबखडा तथा आल्चा पनि भन्ने गरिएको उनको भनाइ छ।

अहिले बजारमा बढी मात्रामा काठमाडौं उपत्यकाबाट आरूबखडा आइरहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend