पब्लिक सूचना
सोमबार उपमेयर डंगोलको नेतृत्वमा ४० जना कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठक माग गरेको प्रवक्ता नवीन मानन्धरले जानकरी दिए।
‘उपमेयरको नेतृत्वमा सबै जना कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरी बैठक माग गरी मेयरलाई पत्र पठाएका छौं,’ उनले भने, ‘हामीले जतिसक्दो छिटो कार्यपालिका डाक्न माग गरेका छौं, पत्र दर्ता भइसकेको छ।’
यसअघि चैत १० गते १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदसयहरूले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिका बैठक माग गरेका थिए। तर अहिलेसम्म पनि मेयर बालेन शाहले कार्यपालिका बैठक डाकेका छैनन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend