logo
  • शनिबार, असोज १७ २०८३

जोशीपुर गाउँपालिका अध्यक्ष माथिको कालोमोसो प्रकरणप्रति नागरिक उन्मुक्ति पार्टीको विरोध


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ १२ २०८२

काठमाडौं, २०८२ जेठ १२ – नागरिक उन्मुक्ति पार्टीले जोशीपुर गाउँपालिकाका अध्यक्ष माथि गरिएको कालोमोसो दल्ने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीद्वारा आज जारी गरिएको बिज्ञप्तिमा उक्त घटनालाई अपमानजनक, अमर्यादित र आपराधिक भएको उल्लेख गर्दै यसप्रकारका कार्यहरू लोकतान्त्रिक मूल्य, मान्यता र मर्यादासँग मेल नखाने स्पष्ट गरिएको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा लोकतान्त्रिक समाजमा आलोचना, असहमति तथा अभिव्यक्तिको स्वतन्त्रता संविधानद्वारा सुनिश्चित गरिएको भए पनि शान्तिपूर्ण माध्यममार्फत मात्र यस्ता अभ्यास हुनु पर्ने बताइएको छ। विज्ञप्तिमा अध्यक्षमाथि भएको हमला सम्पूर्ण जनप्रतिनिधि र जनताको अपमान भएको टिप्पणी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

“गैर–राजनीतिक, आपराधिक र अमर्यादित कार्यको गम्भीर भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन प्रशासनलाई आह्वान गर्दछौं,” अध्यक्ष चौधरीले भनेकी छन्। साथै उनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सहकार्यकर्ताहरुलाई लोकतन्त्रको मर्यादा जोगाउन एकजुट हुन अपिल गरेकी छन्।

घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend