logo
  • शनिबार, असोज १७ २०८३

‘दि रेगाल रनवे नेपाल’ को पहिलो अडिसन सम्पन्न


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ ११ २०८२

काठमाडौं :  नेपाली फेसन क्षेत्रमा नवीनता र प्रतिस्पर्धात्मक ऊर्जा भर्ने उद्देश्यका साथ सुरु गरिएको ‘दि रेगाल रनवे नेपाल’ सिजन १ को पहिलो अडिसन चरण राजधानीको अनामनगरस्थित सिल्लौटो कटेजमा भव्य रूपमा सम्पन्न भयो।
बिहान ११ बजेदेखि सुरु भएको उक्त अडिसनमा देशभरबाट आएका ३० जना प्रतिस्पर्धीहरूले आफ्नो आत्मविश्वास, प्रस्तुति क्षमता र व्यक्तित्वलाई प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए। प्रतियोगिताको प्रारम्भिक चरणमै देखिएको प्रतिभा र तयारीले कार्यक्रमको स्तरीयता प्रतिविम्बित गराएको थियो।

निर्णायक मण्डलमा नेपालका प्रतिष्ठित चारजना व्यक्तित्व — छुल्ठिमा डोल्मा गुरुङ, दिक्पाल कार्की, स्रज गाराच र सन्दीप भुजेल — सम्मिलित थिए। निर्णायकहरूले सोधेका जिज्ञासापूर्ण र बौद्धिक प्रश्नहरूले प्रतिस्पर्धीहरूको आत्मचिन्तन, दृष्टिकोण र संचार क्षमताको मूल्याङ्कन गर्न महत्त्वपूर्ण भूमिका खेले।

प्रतिस्पर्धीहरूको बहुआयामिक प्रस्तुति र आत्मविश्वासले निर्णायकहरूलाई चकित पार्नुका साथै आगामी चरणप्रति थप उत्सुकता जागृत गराएको छ। ‘दि रेगाल रनवे नेपाल’ ले नेपाली फेसनको वृत्तमा नयाँ युगको आरम्भ गर्ने संकेत गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend