नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहे २०८४ सालमा कांग्रेस पार्टीले चुनाव नजित्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसरी नै सरकार चले २०८४ सालमा जुन पार्टीसँग मिलेर चुनाव लडेपनि नजित्ने बताएका हुन्।
‘सरकार यसरी नै चलिरहने हो भने २०८४ मा जो जोसँग मिलेपनि हामीले चुनाव जित्न सक्दैनौं। त्यसैले मुख्यकुरा मिसन २०८४ हो भने हामीले जहाँबाट ८४ लाई मिसन बनाउनुपर्ने हो त्यहाँबाट बनाऔं,’ उनले भने।
यस्तै कांग्रेस सहभागी भएको ठाउँमा राम्रा काम गरेर जनतालाई विश्वास दिलाउन सके नयाँ पार्टीहरूबाट डराउनुनपर्ने उनले बताए।
‘हामी जुन जुन सरकारमा छौं, ती सरकारमा सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा छन्, जनतालाई डेलिभर गर्न चाहन्छन् भन्ने म्यासेज हामीले दिनसक्यौं भने २०८४ को चुनावमा कसैसँग मिल्नु पर्दैन, एक्ल चुनाव जितिन्छ,’ उनले भने, ‘कसैसँग डराउनु पर्दैन।
उनले रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा सामाजिक सञ्जालमा नराम्रो नलेख्न पनि उनले आग्रह गरे।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend