logo
  • शनिबार, असोज १७ २०८३

एमालेनिकट युवा संघको १० औं महाधिवेशन आजबाट


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ ९ २०८२

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा शुक्रबारबाट सुरू हुँदैछ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मध्याह्न १२ बजे अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने महासचिव सुमन पुरीले जानकारी दिए।

राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन आजबाट, उद्घाटन गर्न ओली नेपालगञ्ज  | अन्नपूर्ण पोस्ट्

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र प्रतिनिधिहरू पोखरामा आउने क्रम पनि सुरू भइसकेको उनले बताए।

उनका अनुसार महाधिवेशनमा १ हजार ७ सय ९२ जना प्रतिनिधि हुनेछन्। तर विभिन्न पार्टीका युवा संघ–संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्या केही बढाउने समझदारी भएको उनले बताए।

यसरी बढ्दा प्रतिनिधिको संख्या १ हजार ८ सय ३४ जनासम्म पुग्न सक्ने उनले बताए। नेकपा (एमाले) को पछिल्लो नीतिअनुसार युवा संघको महाधिवेशनले ९ पदाधिकारीसहित १ सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ।
संगठनका अध्यक्ष क्षितिज थेवे अधिवेशनबाट नेतृत्वमा दोहोरिन चाहेका छन्। महासचिव सुमन पुरी, उपाध्यक्षहरू कृष्णहरि केसी, प्रकाश गौतम र महाराज गुरूङले पनि अध्यक्षमा आकांक्षा देखाएका छन्।

महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ।

परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुनेछन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ।

महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन्। खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको चर्चा  छ।

आगामी नेतृत्वका लागि आकांक्षी बढे पनि पार्टी नेतृत्वले भने प्रतिस्पर्धा चाहेको छैन। फागुन यता अधिवेशन भएका १० वटा जनसंगठनमा कतै पनि निर्वाचन भएन। अधिवेशन भएका सबै जनसंगठनमा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो।

बार मध्याह्न १२ बजे अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने महासचिव सुमन पुरीले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend