logo
  • शनिबार, असोज १७ २०८३

आयआर्जनका लागि बाख्रा सहयोग


  • पब्लिक सूचना
  • आइतबार, असार २४ २०८०

मुगु, असार २४ गते । जिल्लाको छायानाथ रारा नगरपालिका–३, फुली गाउँका विपन्न घरधुरीका महिलाको आयआर्जनमा सहयोग गर्न बाख्रा उपलब्ध गराइएको छ । जिल्लामा कार्यरत एक गैरसरकारी संस्था र सरकारी संस्थाको संयुक्त पहलमा अनुदान कायक्रम अन्तर्गत बाख्रापालनमा सहयोग गरेको हो ।

फुली गाउँका ३० घरधुरीका समाज सुधार महिला समूहमा आबद्ध महिलालाई बाख्रापालनमार्फत आत्मनिर्भर गराउने उद्देश्यले प्रतिघरधुरीलाई दुई वटा उन्नत बाख्रा १० वटा उन्नत बोका हस्तान्तरण गरिएको सहयोगी संस्था सहयोगी हातहरूको समूह (सहास नेपाल) ले जानकारी दिएको छ ।

सहास नेपालका परियोजना अधिकृत राजकुमार थापाले व्यावसायिक बाख्रापालन कार्यक्रम अन्तर्गत अनुदानमा चार लाख ३५ हजार ५७९ रुपियाँ र जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयको आर्थिक सहयोगमा आठ लाख रुपियाँ र समुदायको खोर निर्माणमा जनसहभागितामा एक लाख ७५ हजार रुपियाँ गरी कुल १४ लाख १० हजार ५७९ रुपियाँमा खर्च गरिएको हो ।

६० वटा उन्नत जातका बाख्रा र १० वटा उन्नत जातका बोका गरी ७० वटा बाख्रा समुदायलाई हस्तान्तरण गरिएको छ ।

संस्थाले नियमित अनुगमन र आवश्यक प्राविधिक सहयोग गर्ने बताइएको छ । जिल्ला पशु अस्पतालका कार्यालय प्रमुख भीमचन्द्र बुढाले फुली गाउँमा समुदायको आयस्तरमा सहयोग पु-याउने उद्देश्यले खरीजातका बाख्रा तथा बोका खरिद गरिएको बताउनुभयो ।

कार्यालय प्रमुख बुढाले बाख्रा र बोकाको बिमा भएकाले बाख्रा मरेको खण्डमा बाख्राको मुचुल्का र ट्यागसहित कार्यालयमा बुझाएमा बाख्राको मूल्य पाउने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend