logo
  • आइतबार, असोज १८ २०८३

प्रभासको ‘स्पिरिट’ बाट दीपिकालाई हटाइयो


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ८ २०८२

‘कबीर सिंह’ र ‘एनिमल’ का निर्देशक सन्दीप रेड्डी वांगा यतिबेला आगामी फिल्म ‘स्पिरिट’ लाई लिएर चर्चामा छन्।

यस फिल्ममा प्रभास र दीपिका पादुकोणको मुख्य भूमिका रहने बताइएको थियो। तर दीपिकालाई फिल्मबाट हटाइएको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार दीपिकाको डिमान्ड बढेपछि फिल्मबाट हटाइएको हो।

दीपिकाले निर्देशकसँग फिल्ममा काम गर्नका लागि केही सर्त राखेकी थिइन्। जसमा उनी र निर्देशकबीच धेरै टकराव भइरहेको थियो। पछि यो कुरा यति बढ्यो कि दीपिकालाई फिल्मबाट हटाउन पर्या। किनकी दीपिका यस मागमा झुक्न तयार थिइनन्। निर्देशक सन्दीपले दीपिकाको मागलाई अनप्रोफेशनल बताएका छन्।

दीपिकाले तेलुगुमा आफ्नो डायलग बोल्न पनि अस्वीकार गरेकी थिइन्। फिल्मको लागि उनलाई २० करोड भारू पारिश्रमिक दिइने बताइएको थियो। तर उनको डिमान्ड यति बढ्यो कि सन्दीपले फिल्मबाटै हटाउने निर्णय गरे। उनी यतिबेला नयाँ अभिनेत्रीको खोजीमा छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend