logo
  • आइतबार, असोज १८ २०८३

समयमै काम नसक्ने १० निर्माण कम्पनीसँग सडक डिभिजनले तोड्यो ठेक्का


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ८ २०८२

सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का लिएर काम समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेको छ।

जिल्लाभित्र सञ्चालित विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने १० वटा निर्माण व्यवसायीहरूसँगको ठेक्का तोडेको हो।

दोलखाकै किशोर एन्ड नविन कन्स्ट्रक्सन एन्ड सप्लायर्स, सागर एन्ड शिशिर कन्स्ट्रक्सन, सिन्धुपाल्चोकको पिपल डाँडा निर्माण सेवा, सुनगाभा कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कामाख्या कन्स्ट्रक्सन प्रालि, रामेछापको गणेश निर्माण सेवा, दोलखाको भद्रेश्वर निर्माण तथा ढुवानी सेवा, रामेछापकै गणेश निर्माण सेवा, ललितपुरको मैनापोखरी कन्स्ट्रक्सन, दोलखाको ‍औतारी निर्माण सेवासँग विभिन्न निर्माण कार्यका लागि भएको ठेक्का सम्झौता तोडिएको कार्यालयले जनाएको छ।

उनीहरूलाई पटक-पटक लिखित तथा मौखिक रूपमा काम सम्पन्न गर्न अनुरोध गर्दा त्यसमा तदारूकता नदेखाएका कारण ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएङ्को छ।

कार्यालयले १५ दिनभित्र उपस्थित भएर हिसाब फरफारक गर्न निर्माण कम्पनीहरूलाई आग्रह गरेको छ।

1-1747878662.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend