logo
  • आइतबार, असोज १८ २०८३

काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ ७ २०८२

काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ।

महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको उक्त कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । क्यान्टिनमा ग्यास लिक भएर आगो लागेको उनले बताए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।

आगलागि हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षती भएको डिएसपी थापाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend