पब्लिक सूचना
काठमाडौं, २०८१ जेठ ६ – चर्चित युवा अभियन्ता तथा इञ्जिनियर सागर ढकाल र काठमाडौं क्षेत्र नं. १ की सांसद सुमना श्रेष्ठबीच ऐतिहासिक सहकार्यको संकेत गर्दै २०८४ को निर्वाचनमा संयुक्त रूपमा सहभागी हुने घोषणा गरिएको छ।
भर्खरै सार्वजनिक एक फेसबुक लाइभमा सागर ढकाल र सुमना श्रेष्ठ दुवैले मुस्कुराउँदै र उत्साहपूर्वक आगामी निर्वाचनमा सँगै लाग्ने प्रतिवद्धता जनाए। “अब हामी २०८४ को निर्वाचनको तयारीमा लागेका छौं,” ढकालले भने। “हाम्रो शक्ति सानो भए पनि देशभित्र र विदेशमा रहेका समर्थकहरू एकजुट भएमा ठूलो परिवर्तन सम्भव छ।”
लाइभमा सुमना श्रेष्ठले पनि ढकालसँग सहकार्य गर्न उत्सुकता जनाउँदै भनिन्, “हामी परिवर्तनको राजनीति गर्दैछौं। नयाँ पुस्ता एकजुट भएर अगाडि बढ्नु पर्छ।”
दुवै नेताले जनताको भावना सम्बोधन गर्न सशक्त योजना बनाउनुपर्नेमा जोड दिएका छन्। ढकालले भने, “हामीले परिवर्तनको बिरुवा रोपिसकेका छौं, अब त्यो बिरुवा विस्तारै हुर्कँदै ठूलो बोट बन्नेछ।”
यो घोषणा नेपाली राजनीतिमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ, जसले युवा पुस्तालाई राजनीतिको मूलधारमा ल्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend