पब्लिक सूचना
नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend