logo
  • शनिबार, असोज १७ २०८३

सीतापाइला-भीमढुंगा-धार्के सडक बन्नेछ नागढुंगाको विकल्प


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ ४ २०८२

काठमाडौंबाट बाहिरिने वा काठमाडौं भित्रने यात्रुहरूलाई नागढुंगाको जामले दिकदार बनाउँछ।

नागढुंगा-नौबिसे सडक स्तरोन्नतिका काम भइरहेकोले पानी पर्दा हिलो र घाम लाग्दा घुलोले सताउँछ, यात्रुहरूलाई हैरान पनि पारेको छ।

सवारी चालकहरू र यात्रुहरूको विकल्पमा केही समयदेखि सीतापाइला-भीमढुंगा-धार्के सडक रोजाइमा पर्न थालेको छ।

नागढुंगा-नौबिसे सडक खाल्डाखुल्डी छ। त्यसैले पनि निजी सवारी साधनहरू प्रयोगकर्ताहरूले गत वर्षदेखि नै सीतापाइला-भीमढुंगा-धार्के सडक प्रयोग गर्न थालेका थिए।

यात्रुवाहक माइक्रोलगायत सवारी साधन पनि यही सडक खण्ड भएर चल्न थालेका छन्।

नागढुंगाको जाम र खाल्डाखुल्डी छल्न पनि सीतापाइला-भीमढुंगा-धार्के सडकको प्रयोग बढ्दो छ। सीतापाइलादेखि भीमढुंगा निस्केर धार्के झर्ने सडक २४ किमी दूरीको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend