logo
  • आइतबार, असोज १८ २०८३

अहिलेको सरकारले जनतामा आशा जगायो : गृहमन्त्री लेखक


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ १ २०८२

गृहमन्त्री रमेश लेखकले मुलुकमा भएको निराशालाई आशामा बदल्न अहिलेको सरकार बनेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले नेपाली काँग्रेस, नेकपा (एमाले) नेतृत्व र अन्य दलको सहयोगमा बनेको सरकारले नेपाली जनतामा आशा जगाएको बताउनुभयो ।

सरकारको समीकरण गर्दा संविधान संशोधन, सुशासन, मुलुकमा आर्थिक उन्नति र सरकारको स्थिरता विषयलाई लिएर अघि बढेको जानकारी गराउनुहुँदै गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘सरकार गठन भएको दस महिना भयो । विश्वासको मत लिन संसदमा जानुपरेको छैन । स्थायित्वताका साथ अगाडि बढेका छौं । सरकार र राजनीति स्थिरता छ ।’’

मुलुकमा थप आशा जगाउने केही गर्न सकिन्छ भन्ने आशा जागेको छ । कानुन नीतिमा सुधार हुने काम भइरहेको समेत उहाँले जानकारी गराउँनुभयो ।

मुलुक आर्थिक सुचाङ्कमा सकारात्मक रहेको र संचितिको कुरा होस कि मूल्य वृद्धिलाई नियन्त्रित राख्न थोरै भए पनि आयातलाई कम गरेर निर्यातमुखि व्यापार, उद्योगलाई अगाडि बढाउने कुरामा सकारात्मक कामहरू भएको जानकारी दिनुहुँदै गृहमन्त्री लेखकले बिग्रेको अवस्थामा रहेको अर्थतन्त्र गति लिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो दस महिनामा कानुन र नीतिगत सुधार गरेका छौँ ।’’ प्रयाप्त नयाँ बनाउने कानुनहरू विधेयकको रूपमा प्रस्तुत भएको छ । सदनमा रहेका विधेयक पारित गर्ने क्रममा छौं । उदाहरणका लागि शिक्षा सम्बन्धित विधेयक, निजामती सेवा सम्बन्धित विधेयक जसले संविधान कार्यान्वयनमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सप्तरी जिल्ला महत्त्वपूर्ण भूमि भएको र यो देशमा लोकतन्त्रका लागि भएको आन्दोलनमा मधेशको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा पनि यस देशको सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था जोगाउन, सुदृढीकरण गर्न तथा सङ्घीयताको कार्यान्वयन गर्न मधेशले महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ रहेको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend