logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री ओलीद्वारा ‘सिनेपा’ स्टुडियो निर्माण आरम्भको घोषणा, नेपाली चलचित्रमा युगान्तकारी कदम


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख ३० २०८२

काठमाडौँ, वैशाख ३० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनु परे अब बन्ने प्रक्रिया अघि बढेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो ।

“त्यसबेलाको जति अहिले राज्यको ढुकुटीमा पैसा छैन तर पनि थालेका काम हामी पूरा गर्छाैँ । यसको लागि बजेट विनियोजना हुन्छ । थालेपछि सफल हुन्छ । यसलाई पनि सफल बनाउनुपर्छ । यो निर्माण आरम्भ उद्घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “ओरालो लागेको अर्थतन्त्रलाई हामीेले लयमा ल्याएका छौँ, अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन । हामी सिने क्षेत्रप्रति सधैँ सकारात्मक र सहयोगी छौँ ।’’

बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता–१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिनुभयो ।

कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend