logo
  • आइतबार, असोज १८ २०८३

आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै


  • पब्लिक सूचना
  • आइतबार, बैशाख २८ २०८२

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। आज बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले धारणा राख्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।

त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको थियो।

आइतबार नै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने पनि संसद् सचिवालयले जानकारी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आजबाट संसदमा प्रि–बजेट छलफल पनि सुरू हुनेछ।

आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालले बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend