logo
  • शनिबार, असोज १७ २०८३

सशस्त्र प्रहरी बल (एपिएफ)पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा 


  • पब्लिक सूचना
  • आइतबार, बैशाख २१ २०८२

सशस्त्र प्रहरी बल (एपिएफ)पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई रोमान्चक खेलमा ३-२ को सेटमा पराजित गर्दै एपिएफले अन्तिम चारमा पुगेको हो।

पहिलो सेट १९-२५ ले गुमाएको एपिएफले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेट फेरि २३–२५ ले गुमाउन पुग्यो। त्यसपछि एपिएफले उत्कृष्ट पुनरागमन गर्यो।

३ अंकले पछि परेको अवस्थामा एपिएफले चौथो सेटमा लगातार १२ अंक जोड्यो। यो सँगै २५-१४ ले चौथो सेट जित्दै खेल २-२ को बराबरीमा पुग्यो। निर्णायक पाँचौं सेट एपिएफले १५-११ ले आफ्नो पक्षमा पार्यो।

यो सँगै एपिएफ समूह ‘ए’ बाट सेमिफाइनल पुगेको हो। यो समूहबाट इरानको टोली सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगितामा ६ टोलीको सहभागिता छ।

प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो टोलीले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागत तर्फ उत्कृष्ट हुनेहरूलाई ८ हजार ४ सय ४४ रुपैयाँ प्रदान गरिनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend