पब्लिक सूचना
संघीय संसदको बर्खे अधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ।
अधिवेशनको पहिलो दिन प्रतिनिधि सभातर्फको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकको सुरूवातमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्। त्यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पनि सभामुखले पढेर सुनाउनेछन्। त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नेछन्। त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरूले मन्तव्य राख्नेछन्।
आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक वित्त विकास परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend