logo
  • आइतबार, असोज १८ २०८३

तृप्ति खड्का गुरुङ्ग तथा बिजय गुरुङ्गको ‘तिम्रो धड्कन’ मा मोडल शिवानी (भिडियो)


  • पब्लिक सूचना
  • बुधबार, बैशाख १० २०८२

काठमाडौं ।  गायिका तृप्ति खड्का गुरुङ्ग तथा गायक बिजय गुरुङ्गको स्वरमा रहेको ‘तिम्रो धड्कन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गितको भिडियोमा गायक गुरुङ्ग स्वयं फिचर्ड छन भने उनलाई नवमोडल शिवानी मित्रले साथ दिएकी छिन ।

विजय गुरुङ्गकै शव्द तथा संगीतमा तयार भएको गीतको भिडियोको निर्देशन समेत उनकै रहेको छ । नरेश पाण्डेको एरेन्जमा तयार गीतलाई सारेगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

उपत्यकाका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई प्रकाश खड्का एण्ड टिमले छायांकन तथा मिलन विश्वकर्माले सम्पादन र राजाराम सिंखडाले सहायक निर्देशन गरेका छन ।

गायक गुरुङ्ग तथा गायिका खड्का यस अघिका थुप्रै गीतहरु लोकप्रिय छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend