logo
  • आइतबार, असोज १८ २०८३

रोपाइँमा ब्यस्त किसान पानी पर्न रोकिएपछि चिन्तित


  • दिपेश घिमिरे
  • बिहिबार, असार २१ २०८०

रोपाइँमा लागिपरेका सर्लाहीका किसान आकाशे वर्षा रोकिँदा चिन्तित बनेका छन् ।

केही दिनदेखि सामान्य वर्षा भइरहँदा धमाधम धान रोप्न थालेका किसान पानी पर्न रोकिएपछि निराश बनेका हुन् । जिल्लामा हिजो दिउँसोबाट पानी पर्न रोकिएको छ । बिहीबार बिहानैदेखि चर्को घाम लागेर गर्मी छ । यो वर्ष भल बग्ने गरी ठूलो पानी पर्नै सकेको छैन् ।

३/४ दिन स्यार्रसुर्र परेको पानीमा यहाँका धेरैजसो स्थानमा रोपाइँ सुरु भएको छ । तर, पानी पर्न रोकिएर चर्को घाम लाग्न थालेपछि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा रोपाइँ नै रोकिन सक्ने किसानले बताएका छन् । हाम्रा संवाददाताहरुका अनुसार अहिले जिल्लाका २० वटै पालिकामा रोपाइँ सुरु भएको छ ।

जेठको खडेरीले कतिपय किसानले ढिलो गरी धानको ब्याड राखेकाले पूरा फाँटमा रोपाइँ भइसकेको छैन् । नहर तथा कुलोको पानी लाग्ने र पप्पसेट चल्ने ठाउँ तथा धानको ब्याड तयार भइसकेको ठाउँमा भने निरन्तर रोपाइँ भइरहेको छ । रोपाइँका बेला किसानले काम गर्ने कामदारको अभाव धेरै नै झेल्नु परिरहेको छ ।

पछिल्ला वर्षमा धान रोप्ने खेत तयार गर्न ट्याक्टर लगाइन्छ । निकै कम किसानले मात्रै हलगोरु दायर खेती लगाउने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend