logo
  • आइतबार, असोज १८ २०८३

सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो


  • पब्लिक सूचना
  • सोमबार, बैशाख ८ २०८२

सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend