logo
  • शनिबार, असोज १७ २०८३

पाकिस्तान सुपर लिग टोली मुल्तान सुल्तानका मालिकले गरे आत्माहत्या


  • दिपेश घिमिरे
  • बिहिबार, असार २१ २०८०

पाकिस्तान सुपर लिग (पिएसएल) को फ्रेन्चाइज टोली मुल्तान सुल्तानका मालिक आलमगिर तरीनले आफैलाई गोलि प्रहार गरी आत्माहत्या गरेका छन्। लाहोरको गुलबर्ग स्थित आफ्नै घरमा ६३ वर्षीय बिजनेशम्यानको शव भेटिएको हो। उनको टिमको कप्तानी पाकिस्तानी राष्ट्रिय टिमका विकेटकिपर ब्याटर मोहम्मद रिजवानले गर्ने गरेका थिए।

आलमगीर पाकिस्तानको दक्षिण पञ्चाबमा पानि प्रशोधनको विजनेश गर्दै आएका छन्। ६३ वर्षीय आलमगीरले के कारणले आत्माहत्या गरेका हुन् भन्ने कुरा खुलेको छैन्। यद्यपि उनको कोठाबाट सुसाइड नोट फेला परेको जनाइएको छ।

मुल्तान सुल्तानका सिइओ हैदर अजहरले उनको मृत्युको पुष्टी गरेका छन्। अजहरले तरीनको परिवारप्रति गहिरो सम्बेदना ब्यक्त गर्दै उनको निधन भएको पुष्टी गरे। उनले भने ‘आलमगिर तरीन हाम्रो टिमको महत्वपूर्ण सदस्य रहेका थिए। हामी उनको आकस्मिक तथा असामयिक निधनले धेरै दुखी छौं। यो कठिन समयमा हामी उनको परिवारको साथमा छौं।’

आलमगीरले २०१८ मा आफ्नो भतीज अली खान तरीनका साथमा मिलेर पिएसएल क्लब सुल्तान खरिद गरेका थिए। तरीन परिवार दक्षिण पञ्जाबमा लामो समय देखी रहँदै आएको छ। जसको राजधानी मुल्तान हो। २०२१ मा आलमगीरले भतिजको शेयर खरिद गर्दै पूर्ण रुपमा टिमको स्वामित्व आफ्नो नाममा लिएका थिए।

मुल्तान सुल्तानले २०२१ मा पहिलो पटक पिएसएलको उपाधि जितको थियो। टिमले फाइनलमा पेशावर जलमीलाई ४७ रनले पराजित गरेको थियो। अन्य फ्रेन्चाइज क्लबहरुले पनि उनको निधनमा दु:ख ब्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend