logo
  • शनिबार, असोज १७ २०८३

पूर्वाधार निर्माणमा जोड दिनु आवश्यक : उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्रा पुल उद्घाटन


  • पब्लिक सूचना
  • बुधबार, बैशाख ३ २०८२

 उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । बुधबार उपप्रधानमन्त्री सिंहले लोहन्द्र पुल उद्घाटन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।जहदा र कटहरी जोड्ने पुलको उहाँले आजै उद्घाटन गर्नुभयो ।

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । ‘‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटनभयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उहाँले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend