पब्लिक सूचना
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षक अगुवासँग छलफल थालेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपानमा मंगलबार महामन्त्रीद्वय थापा र शर्माले शिक्षक महासंघका पदाधिकारीलगायत अगुवाहरूसँग छलफल गरिरहेका हुन्।
शिक्षकहरूको मागबारे महामन्त्रीद्वयले पहलकदमी लिने गरी छलफल भएको केन्द्रीय कार्यालयले बताएको छ।
गत चैत २० देखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन्। सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन गराउन भन्दै उनीहरूले निर्णायक दबाबका लागि आन्दोलन गरिरहेका हुन्।शिक्षकहरूको माग पूरा गर्न कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै आएका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend