logo
  • शनिबार, असोज १७ २०८३

रवि लामिछानेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा


  • पब्लिक सूचना
  • आइतबार, चैत्र ३० २०८१

पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वोच्‍च अदालतमा दायर गरेको निवेदन न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेपछि शुक्रबार लामिछानेले सर्वोच्चमा उक्त आदेश बदर गर्न माग गर्दै निवेदन दायर गरेका थिए।

उक्त निवेदन आइतबार न्यायाधीश ढुंगानाको इजलासमा परेको हो।

लामिछाने हाल कारागार कार्यालय रूपन्देहीमा  थुनामा छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend