logo
  • शनिबार, असोज १७ २०८३

एन्जिला आज स्वदेश आउँदै


  • पब्लिक सूचना
  • बुधबार, माघ ३० २०८१

नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् ।

एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी स्वदेश फर्कन लागेकी हुन्।

राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल दुबईबाट शनिवार र सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सबाट फागुन ५ गते स्वदेश आइपुग्ने एन्फाले जनाएको छ।

फागुन ५ गतेबाट नै च्याम्पियनसिप सुरु हुनेछ। च्याम्पियनसिपमा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबननको सहभागिता रहनेछ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend