logo
  • शनिबार, असोज १७ २०८३

सिटीको पुनरागमन जित, चेल्सी पराजित


  • पब्लिक सूचना
  • आइतबार, माघ २७ २०८१

एफए कपमा म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्दा अर्को खेलमा चेल्सी पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

केभिन डि ब्रुएनाको निर्णायक गोलमा सिटीले लेटन ओरिएन्टलाई २-१ ले हरायो। सिटीका अब्दुकोदिर खुसानोभ बराबरी गोल गरेका हुन्।

खेलको १६औं मिनेटमा स्टेफन ओर्टेगाको आत्मघाती गोलवाट लेटनले अग्रता लियो । ५६औं मिनेटमा खुसानोभले सिटीका लागि बराबरी गोल फर्काए । डि ब्रुएनाले ७९औं मिनेटमा गरेको गोलले सिटी विजयी भयो ।

अर्को खेलमा ब्राइटनले चेल्सीलाई २-१ ले पराजित गर्यो। पाँचौं मिनेटमा चेल्सीका कोल पामरको क्रस नियन्त्रणमा लिन नसक्दा ब्राइटनका गोलकिपर बार्ट फरब्रुग्गनबाट आत्मघाती गोल भयो । चेल्सीले अग्रता लामो समय टिकाउन सकेन।

१२ औं मिनेटमा जर्जिनियो रुटरले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। काउरो मितोमाले ५७औं मिनेटमा गोल गर्दै ब्राइटनलाई जित दिलाए।

एफ कपमा शनिवारका अन्य खेलमा न्युक्यासलले बर्मिंघमलाई ३-२ ले, इप्स्विचले कोभेन्ट्रीलाई ४-१ले , मिलवालले लिड्स युनाइटेडलाई २-० ले,बर्नलीले साउथह्यामटनलाई १-० ले, बोर्नमाउथले एभर्टनलाई २-० ले , फुलहलले विगानलाई २-१ ले पराजित गर्यो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend